काठमाडौं–ताइवानको पूर्वी भागमा शुक्रवार बिहान यात्रुवाहक ट्रेन दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। ट्रेन लिकबाट झरेको थियो।
आठवटा डब्बा भएको ट्रेनमा ३५० जना यात्रु थिए।
स्थानीय समयअनुसार बिहान साढे ९ बजेतिर ट्रेन सुरुङभित्र ट्रयाकबाट झरेको थियो।
डब्बा दुई र तीन ट्रयाकबाट उफ्रिएर सुरुङको भित्तोमा ठोकिएको प्रारम्भिक अनुसन्धानमा देखिएको समाचारहरुमा उल्लेख छ।
घटनामा कय्यौं मानिस घाइते भएको सञ्चारमाध्यममा उल्लेख छ। अझै पनि केही यात्रु ट्रेनमै च्यापिएको बताइएको छ।
सुरुङभित्र फसेका डब्बामा उद्धारकर्ता पुग्ने कोशिश गरिरहेको बताइएको छ। डब्बाहरू कुच्चिएकाले फसेकाको उद्धार गर्न कठिनाइ भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।