काठमाडाैं- भारतमा कोभिड १९ विरुद्धको खोप अभियानको तेस्रो चरण सुरु भएको छ। बिहीबारदेखि सुरु भएको तेस्रो चरण अन्तर्गत ४५ वर्ष माथिका व्यक्तिलाई खोप लगाइने बताइएकाे छ।
भारतमा हालसम्म ६० लाख बढी मानिसले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। जसमध्ये अधिकांश फ्रन्टलाइनमा काम गर्ने र ६० वर्ष माथिका व्यक्तिहरु छन्। भारतमा हाल दैनिक ठूलाे संख्यामा कोरोना संक्रमित भेटिने गरेका छन्। भारतमा मार्चदेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो।
बुधबार मात्र ७२ हजार १९ जनामा कोरोना पुष्टि भएको छ भने ४ सय ५७ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म एक करोड २२ लाख २१ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन्।
कुल संक्रमितमध्ये पाँच लाख ८४ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन्।
कोरोना संक्रमित मृतकको संख्या संख्या १ लाख ६२ हजार ९२७ पुगेको छ। यो संयुक्त राज्य अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भेटिएको तेस्रो ठूलो संख्या हो।
केन्द्रीय सरकारले सबै राज्य तथा प्रदेश सरकारलाई कोरोना बढी भेटिएका जिल्लामा ४५ वर्ष माथिका सबै व्यक्तिलाई खोप लगाउन निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।