काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले गण्डकी प्रदेशबाट समानान्तर कमिटी गठन अभियान शुरु गरेको छ। एमालेभित्र नेपाल पक्ष गण्डकी प्रदेशमा कमजोर मानिन्छ।
यो प्रदेशका वरिष्ठ नेताहरू प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा लागेका छन्। नेपाल पक्षले भने आफू कमजोर भएकै प्रदेशबाट समानान्तर कमिटी गनठको अभ्यास थालेको छ।
नेपाल पक्षले बिहीबार नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक तोक्दै जिल्लाका इन्चार्ज, अध्यक्ष र सचिव समेत चयन गरेको छ। प्रदेश कमिटीको सहसंयोजकमा तुलबहादुर गुरुङ र श्रीमाया थकाली रहेका छन्।
पोखरामा नेता माधव नेपालको उपस्थितिमा भएको भेलाले कास्कीमा धनराज आचार्य, स्याङजामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुँमा शंकरनारायण श्रेष्ठ, लमजुङमा रामबाबु अधिकारी र नवलपुरमा धनञ्जय शर्मालाई अध्यक्ष चयन गरेको छ।
यस्तै, स्याङ्जा र गोरखामा चुणामणि जंगली, म्याग्दीमा श्रीमाया थकाली, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा मोती पौडेल, तनहुँमा प्रतापलाल श्रेष्ठ र नवलपुरमा कृष्ण पौडेललाई इन्चार्जको जिम्मेवारी दिइएको छ।
मनाङमा प्रदेश सचिवालय सदस्य चित्र थापालाई भेला बोलाउने र संगठन बनाउने जिम्मा दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।