• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
सन्दर्भ : अटिजम सचेतना दिवस

कतै तपाईंकाे बच्चालाई अटिजम त छैन? कसरी थाहा पाउने?

64x64
नेपाल लाइभ शुक्रबार, चैत २०, २०७७  ११:१८
1140x725

काठमाडाैं- चाइल्ड केयरमा केटाकेटीलाई पढाउने गोमा आफ्नै छोरालाई भने ध्यान दिएर नपढेको भनेर कुट्दै थिइन्। छोराले अरु बच्चाहरुले जस्तो नपढी एकोहोरो भएर बसिरहने गरेको गोमाको भनाइ थियो। तर, उनका श्रीमान् भने आफ्नो छोराको बचाउ गरिरहेका थिए।

गोमालाई सिकाइमा व्यक्तिगत भिन्नता रहन्छ, सबैको क्षमता एकैनासको हुँदैन, मानसिक अथवा बौद्धिक क्षमताको विकास निश्चित उमेर समूहको बुद्धिअनुसार नै  हुँदै जाने हुन् भन्ने ज्ञान थिएन। श्रीमान् भने गोमासँग आफ्नो नानीमा फरक समस्या रहेको जिकिर गरिरहन्थे। छोरा अटेरी, जिद्दी भएको भन्दै गोमा अफ्नो चार वर्षीय छोरालाई कराइरहन्थिन्।

श्रीमानको अगुवाइमा जब बच्चालाई बाल रोग विशेषज्ञकोमा लगियो, अनि थाहा लाग्यो- नानी विशेष प्रकारको उपचारको पर्खाइमा पो रहेछ। त्यसपछि उसलाई व्यावहारिक थेरापीका लागि काउन्सिलिङमा  लगियो। त्यो बच्चालाई सामाजिक थेरापी अनि स्पिच थेरापीका निमित्त सम्बन्धित एक्सपर्टको सम्पर्कमा लगियो।

डाक्टरले त्यो नानीलाई 'अटिजम' भएको जानकारी गराए। त्यसपछि डाक्टरको सल्लाहबमोजिम उनको उपचार भइरहेको छ।

आज अटिजम सचेतना दिवस अथवा अटिजमका बारेमा सचेतना जगाउने दिन। आज सबै शिक्षित, अनुभवी र योसम्बन्धी जानकारले कम्तीमा आफ्ना सम्पर्कका परिवारलाई बुझाउने दिन। भनिन्छ, विश्वको जनसंख्याको १ प्रतिशत, त्यसमा नेपालमा मात्र करिब तीन लाख बालबालिका अटिजमको शिकार बनिरहेका छन्।

Ncell 2
Ncell 2

अटिजम के हो?
अटिजम एक प्रकारको 'न्युरो डेभलपमेन्ट डिसअर्डर' हो। यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन्। यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन। 

छरछिमेकीले सल्लाह दिँदासमेत त्यस्तै हो मेरो पनि ढिलो बोलेको, ढिलो हिंडेको, अलिक पछाडि मात्र पढ्न थालेको जस्ता जवाफ दिने गर्छन्, जसले अटिजम भएको ढिलो पत्ता लाग्ने र समाधानमा  कठिनाइ आउने गर्छ।  

बालबालिकाको शारीरिक गतिविधिको प्रारम्भिक चरण भनेको दुई वर्षदेखि तीन वर्षलाई मानिन्छ। यसै उमेरमा बालबालिकाले हातखुट्टाको प्रयोग गर्ने, साथिभाइसँग इसाराले बोल्ने, शब्द र वाक्य प्रयोग गरेर बोल्ने अथवा सञ्चार गर्ने, साथीभाइ बनाउने, मिलेर खेल्ने, ईर्ष्या गर्ने गर्छन्। तर, यदि नानीहरुमा सो प्रकृतिका क्रियाकलापहरु हामीले पाउन सकेनौं भने अन्य शारीरिक दुर्बलता हो या अटिजमको सिकार बनिरहेछ भनेर गहिरो चासो दिनु पर्छ।

अटिजमका लक्षण
बालबालिका दुईदेखि तीन वर्षको हुँदा अटिजमका लक्षण तथा चिह्न निगरानी गरिनुपर्छ। सामान्यत: अटिजममा निम्नानुसारका लक्षण चिह्न तथा संकेत देखापर्छन्:

– साथीभाइलाई धकेल्ने, कुटपिट  गर्ने
– सिधा आँखा जुधाएर गफ गर्न नसक्ने
– रोइरहने
– एउटै खेलौनासँग धेरैबेरसम्म खेलिरहने
– कुनै क्रियाकलाप गर्दा एकोहोरिने
– आफूलाई चोटपटक लागेको थाहा नपाउने
– पढाइलेखाइमा ध्यान केन्द्रित नहुने
– अरुलाई हानि पुर्याउने गतिविधि गर्ने
– बोलेर आफ्ना कुराहरु व्यक्त गर्न नसक्ने
– मनमा लागेको कुरा भन्न नसक्ने
– साथीभाइसँग दोहोरो सञ्चार गर्न नसक्ने

अटिजमको प्रतिशत कसरी कम गर्ने.?
अटिजम यही कारणले हुन्छ भन्ने यकिन तथ्य विज्ञहरुसँगै नै नरहे पनि जेनेटिकलाई प्रमुख कारण मान्नेहरु बहुमतमा छन्। यसको कुनै उपचारभन्दा पनि नानीहरू दुई वर्ष हुँदा अथवा उसमा शारीरिक क्रियाकलाप र सञ्चारका बारेमा अवलोकन र निदान नै यो समस्याको रोकथाम हो। 

साथै समयमा नै गरिने मनोवैज्ञानिक परामर्श, सामजिक परामर्श, बोलीमा समस्या भएकाहरुलाई स्पिच थेरापी, कम्युनिकेसन यसको प्रतिशत कम गर्ने उत्तम उपाय हुन्। विशेषगरी दुई वर्षसम्मको हुँदा बच्चाको निम्न कुरामा विकास भएको छैन भने ख्याल गर्नुपर्छ:
–  १८ महिनपछि पनि हिंड्न सक्दैन भने, 
–  दैनिक प्रयोग गर्ने सामान चलाउन सक्दैन भने, 
–  १८ महिना हुँदा पनि कम्तीमा ६ शब्द प्रयोग गर्न सक्दैन भने,
–  २४ महिनाको हुँदा २ शब्द जोडेर हरफ बनाउन सक्दैन भने, 
–  बोली वा ठूलोले गर्ने कार्य नक्कल गर्दैन भने, 
–  सरल कुरा गर भन्दा पनि बुझ्दैन/गर्दैन भने,
–  पहिला सिकेको कुरा बिर्सिंदै जान्छ भने, 
 
तीन वर्षको हुँदा
–  आफ्नो परिवारभन्दा बाहिरको मान्छेसँग घुलमिल गर्दैन भने, 
–  अरु बच्चाहरुसँग खेल्दैन भने, 
–  अरुसँग आँखा जुधाउन सक्दैन भने, 
–  बल फ्याँक्न सक्दैन वा उफ्रिन सक्दैन भने, 
–  २ खुट्टाले १-१ गरी सिंढी चढ्न सक्दैन भने, 
–  लेख्न सक्दैन भने, 
–  बोल्दा १ हरफमा ३ वटाभन्दा बढी शब्द प्रयोग गर्न सक्दैन भने, 
–  हरफ पूरा गर्न सक्दैन, बीचमा अड्किन्छ भने,   
–  बोली प्रस्ट छैन भने, बाहिरको मान्छेले बोली बुझ्दैनन भने, 
– दिनहुँ गरिने सामान्य कार्य आफैं गर्न सक्दैन जस्तै: लुगा लगाउने, सुत्न जाने
– पहिले सिकेको कला बिर्सिंदै गयो भने।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ११:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ)
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्