काठमाडाैं- भारतमा एकैदिन ७२ हजार काेराेना भाइरस संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर महिनापछि ७२ हजार ३ सय ३० जनामा काेराेना संक्रमण भएकाे हाे। आज थपिएकासँगै कुल संक्रमितकाे १ कराेड २२ लाख २१ हजार ६ सय ६५ पुगेकाे छ।
अक्टोबर ११, मा २४ घण्टाको अन्तरालमा ७४ हजार ३ सय ८३ काेराेना संक्रमित फेला परेका थिए। गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजार भन्दा कम भएको थियो। जनवरी २५ र २६ का दिनमा भारतमा २४ घण्टामा कोरोना संक्रमित संख्या करिब ९ हजार १०० भएको थियो। कोरोना संक्रमितको उक्त संख्या यसअघिका २३७ दिनहरुका सबैभन्दा कम थियो।
कुल संक्रमितमध्ये ५ लाख ८४ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन्।
मन्त्रालयले बिहीबार बिहान आठ बजे जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ।
एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष सुरु भएयताबै सबभन्दा धेरै संख्या भएको मन्त्रालयले जनाएकाे छ। बुधबार कोरोनाबाट ४५९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या एक लाख ६२ हजार ९२७ जना पुगेको छ।
हालका केही दिनयता कोरोना संक्रमित र सक्रमणबाट मृत्यु हुने व्यक्तिको सख्या बढ्न थालेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। भारतमा जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म ६ करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन्।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ४६ लाख हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ। बुधबार एकै दिनमा दश लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।