काठमाडौं- हुन्डाईको लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्षलक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘यो नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ नारासहितको योजना सार्वजनिक गरेको हो।
यस योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरू प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ। जसअन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत् २० हजारदेखि ७८ हजार रूपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रूपैयाँ बराबरको लोयल्टी बोनस, एक लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस तथा एक वर्षको बिमा सुविधा प्राप्त गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हुन्डाईले आफ्ना सम्पूर्ण गाडीहरूमा छ वर्षको निःशुल्क सर्भिस तथा तीन वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १३ शोरूम तथा १७ सर्भिस सेन्टरमार्फत् ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।