काठमाडाैं- म्यानमारको जुन्ता सरकारले पदच्युत गरेको नेतृ आङ सान सू चीलाई उपनिवेश युगको गोप्य कानुन उल्लघंन गरेको आरोप लगाएको छ। बिहीबार जुन्ता सरकारले उनीविरुद्ध उक्त आरोप लगाएको हो।
म्यानमारमा गत नोभेम्बरमा सम्पन्न चुनावमा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले धाधँली गरेको आरोप लगाउँदै उनीसहित दलका प्रमुख नेताहरुलाई सेनाले बन्धक बनाएको छ। त्यसलगत्तै उनीविरुद्ध विभिन्न आरोप लगाइदै आएको छ।
यसअगाडि नै अबैधरुपमा ६ सेट वाकिटकी राखेको, भ्रष्ट्राचार गरेको, सरकारी जमिनको दुरुपयोग गरेको र कोरोना प्रोटोकल उल्लघंन गरेको लगायत आधादर्जन भन्दा बढी आरोपसहित उनीविरुद्ध मुद्दा चलाइएको छ। तर, उनका विकिलहरुले यो आरोप निराधार भएको दावी गर्दै आएका छन्।
‘सैन्य शासकले अनुभवी विपक्षीविरुद्ध लगाइएको यो आरोप सबैभन्दा गम्भीर हो,’ उनका वकिलले बिहीबार भनेका छन्। उनका मुख्य वकिल खिन मउंग ज्वालेका अनुसार सूची, तीन जना पदच्युत क्वाबिनेट मन्त्री र एक अष्ट्रेलियाली आर्थिक सल्लाहकार सीन टर्नेललाई एकहप्ता अघि सरकारी कानुन उल्लघंन गरेको भन्दै रंगुनको अदालतमा मुद्दा दायर गरिएको थियो। यसको दुई दिन पछि नै सेनाले अर्को आरोप लगाइएको छ।
सेनाले लगाएको आरोप प्रमाणित भएमा सूचीलाई १४ वर्ष जेल सजाय हुनेछ।
म्यानमारमा प्रजातन्त्र पुनःस्थापना गर्ने प्रयासका गरेबापत सन् १९९१ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो। बिहीबार बिहान भर्चुअल सुनवाईमा उनलाई देखाइएको थियो। उनका वकिलहरुका अनुसार उनको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन।
म्यानमारमा प्रजातन्त्र पुनःस्थापना र सू ची लगायतका नेताहरुलाई रिहा गर्नुपर्ने माग राख्दै जनताहरुले विगत दुई महिनादेखि जुन्ता सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन्। आन्दोलनमा ५२० भन्दा बढीले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।