काठमाडाैं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले फागुन २३ को फैसला पुनरावलोकन नगर्ने सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
उनले ट्विटरमा ट्विट गर्दै अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएका छन्।
'सर्वोच्च अदालतले २०७७/११/२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेशझैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो। यो गलत निर्णयप्रति हाम्रो तीव्र असहमति छ। अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ। जागौं,' उनले लेखेका छन्।
फागुन २३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउने सर्वोच्चको फैसला पुनरावलोकन गर्न माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार पुनरावेदन निवेदन दर्ता गरेका थिए। उक्त निवेदनमाथि छलफल गर्दै बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको इजलासले पुनरावलोकन गर्नुनपर्ने फैसला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।