• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
फास्ट-ट्र्याक ठेक्का प्रकरण

सुरुङ र पुल निर्माणको ठेक्कामा लेखा समितिले उठाएका ९ प्रश्न

64x64
नेपाल लाइभ बिहीबार, चैत १९, २०७७  १५:२९
1140x725

काठमाडाैं- काठमाडाैं-तराई मधेस द्रूतमार्ग 'फास्ट-ट्र्याक' अन्तर्गतको सुरूङ र पुल निर्माण कार्यका लागि भन्दै नेपाली सेनाले दुई वटा प्याकेजमा ठेक्का गरी कम्पनी छनोट गरेको थियो। कम्पनी छनोटमा नेपाली सेनाले आर्थिक हिनामिना गरेको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो।

उजुरीपछि लेखा समितिले रक्षा मन्त्रालय र नेपाली सेनालाई बोलाएर छलफल गरिरहेको छ। यही क्रममा बिहीबार सिंहदबारमा भएको छलफलमा समितिले एउटा मात्रै कम्पनीलाई प्रतिस्पर्धा गराई भएको प्याकेज नम्बर २ को सबै ठेक्का प्रक्रिया खारेज गरी नयाँ प्रक्रियाबाट अगाडि बढाउन निर्देशन दिएको छ।

साथै, फास्ट-ट्र्याकको सुरुङ र पुल निर्माणका लागि भएको ठेक्कामा नाै वटा गल्ती भएको समितिको ठहर छ।

यी हुन् समितिले औंल्याएका नाै प्रश्न
१) सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद ऐन २०६४ को दफा ६५ ९१० को खण्ड (ख) ले ईपीसी खरिद विधिका लागि निर्देशिका, कार्यविधि र प्राविधिक मार्गदर्शन जारी गर्नुपर्ने, सोही दफाको खण्ड (ग) अनुसार पूर्वयोग्यतासम्बन्धी कागजातको नमूना तयार गर्नुपर्ने व्यवस्था गरेकोमा हालसम्म निर्देशिका वा कार्यविधि वा मार्गदर्शन नबनाइएको अवस्थामा अन्य खरिद प्रयोजनको लागि तयार गरिएको आईसीबीसम्बन्धी डकुमेन्ट प्रयोग गरी ईपीसी खरिद विधिका लागि कसरी पूर्वयोग्यता परीक्षण गर्न सकिन्छ? यस्तो त्रुटिपूर्ण कार्य किन गरिएको हो? यसका लागि खरिद कार्य सुरु गर्नु पहिले सार्वजनिक खरिद अनुगमन कार्यालयको परामर्श किन नलिइएको हो?

यो पनि पढ्नुहोस्

फास्ट-ट्र्याकको प्याकेज २ अन्तर्गतको पुल र सुरुङमार्ग निर्माणका लागि भएको ठेक्का रद्द गर्न निर्देशनबिहीबार, चैत १९, २०७७

२) खरिद प्रक्रिया सुरु गरिसकेपछि पूर्वयोग्यताको नतिजा प्रकाशनपछि किन सार्वजनिक खरिद अनुगमन कार्यालयबाट परामर्श माग गरिएको हो? जबकि, सार्वजनिक खरिद ऐनको दफा ६५ (२) अनुसार खरिद प्रक्रिया सुरु गरिसकेपछि खरिद प्रक्रियामा कुनै किसिमले पनि सहभागी हुन नमिल्ने देखिन्छ?

३) एउटै परियोजनाको एकै प्रकृतिको कामलाई किन खण्डीकरण गरी दुई प्याकेज गरिएको हो? टनेल र पुलको प्याकेज छुट्टै नबनाई एकै प्याकेजमा जोडिएको देखिन्छ र दुवै प्याकेजमा उही प्रकृतिका काम छन्, किन त्यसो गरिएको हो? एउटा वा धेरै प्याकेज नगर्नुको आधार के छ?

४) प्याकेज १ र प्याकेज २ को कामको प्रकृति र आवश्यक दक्षता तथा क्षमता एकै प्रकृतिको छ र अझ प्याकेज १ भन्दा प्याकेज २ को काम परिमाणमा कम देखिन्छ तर पहिलो प्याकेजमा पूर्वयोग्यता सम्बन्धित काम गर्दा उत्तीर्ण भएको कम्पनी दोस्रोमा अनुत्तीर्ण कसरी हुन सक्छ? कम्पनीको क्षमता परीक्षण गरिने भएकोले पहिलोमा पास हुने तर दोस्रोमा फेल हुने स्थितिले उक्त कम्पनीले पेस गरेको डकुमेन्ट संकास्पद हुनसक्ने देखिन्छ। अन्यथा पूर्व योग्यतासम्बन्धीको परीक्षणका आधार नै त्रुटिपूर्ण देखिन्‍न र?

५) पहिलो र दोस्रो प्याकेजमा क्रमशः २१ र २२ कम्पनीको आवेदन परेकोमा एकै प्रकृतिका कामहरूमा काम गर्नका लागि क्षमता परीक्षण गर्दा मापदण्ड किन कठिन स्तरको बनाइएको हो, जसले गर्दा पहिलो प्याकेजमा दुई र अर्कोमा एक कम्पनीमात्र छनोट भए र बोलपत्रमा प्रतिस्पर्धा नै नहुने स्थिति पैदा भयो?

Ncell 2
Ncell 2

 

६) सार्वजनिक खरिद ऐनको प्रस्तावनाअनुसार बोलपत्र वा प्रस्ताव आह्वान गर्दा प्रतिस्पर्धा, पारदर्शिता र मितव्ययिता हुनेगरी खरिद प्रकिया सञ्‍चालन गर्नुपर्नेमा पूर्वयोग्यतामा कम्पनीहरूबाट उनीहरूको क्षमता मापनका लागि आवेदन लिइएको र त्यसलाई किन बोलपत्र प्रस्ताव ठानी मूल्यांकन नतिजा प्रकाशन गर्दा एउटामा दुई र अर्कोमा एक कम्पनी छनोट गरिएको हो? यसले बाोलपत्रमा प्रतिस्पर्धा निषेध गरेको देखिँदा नतिजा रद्द गर्नुपर्ने होइन र? प्रतिस्पर्धा हुनका लागि कमसेकम तीनवटा कम्पनी छनोट हुनुपर्नेमा नभए पुनः सूचना प्रकाशन गरी थप आवेदन माग गर्नुपर्नेमा किन नतिजा स्वीकार गरिएको हो?

७) सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३५ को उपनियम २ मा 'उपनियम (१) बमोजिमको परीक्षणमा छनोट भएका पूर्वयोग्यताको आवेदक सम्बन्धित खरिद कारबाहीका लागि बोलपत्र पेस गर्न योग्य भएको मानिनेछ भनिएको छ। उक्त प्रावधानले एकभन्दा बढीको छनोटको परिकल्पना गरेको हुँदा-हुँदै एउटा मात्र छनोट गर्न कसरी मिल्छ?

८) सार्वजनिक खरिद नियमावलीको २६ (३) को खण्ड (घ) अनुसार सार्वजनिक खरिद ऐन २०६३ को १३ (२) को खण्ड (ङ ३) र (ढ ४) बमोजिम कम्पनीले नेपालभित्र कुनै कार्य गरिरहेको भए सोको प्रगति विवरण लिएर सोको पनि मूल्यांकन गर्नुपर्नेमा त्यसो नगरी छनोट भएको एक कम्पनीले बुटवल नारायणगढ खण्डको सडक निर्माण गर्ने क्रममा दुई वर्षमा १०४ पनि प्रगति नभएको, कम्पनी र कामदारबीच पटक-पटक विवाद भई खराब रेकर्ड राखेको कुरालाई नजरअन्दाज गर्न मिल्छ?

९) आईसीबी कामका लागि सार्वजनिक खरिद ऐन र नियमावलीको मूल मर्म र भावनाविपरीत बोलपत्रमा प्रतिस्पर्धाविहीन हुनेगरी गलत नजिर बस्‍ने र प्रतिस्पर्धाबाट राज्यलाई हुने फाइदाबाट बन्चित हुने स्थिति पूर्वयोग्यता परीक्षणबाट देखिएकोमा किन नतिजा रद्द नगरी बोलपत्र आह्वान गरिएको हो?

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ
पूर्वराज्यमन्त्री चौधरीको निधन
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्