फाइल तस्बिर काठमाडौं- प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौं-तराई मधेस द्रूतमार्ग (फास्ट-ट्र्याक)को प्याकेज-२ अन्तर्गतको ठेक्का रद्द गर्न निर्देशन दिएको छ।
बिहीबार समितिले रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गर्दै खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्चालन नभएको निष्कर्ष निकालेको हो। समितिले खरिद प्रक्रिया रद्द गर्न र सार्वजनिक खरिद नियमावलीअनुसार पुनः प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ।
सेनाले प्याकेज नम्बर-२ का लागि गरेको टेन्डरमा एउटा मात्रै कम्पनीबाट आर्थिक प्रतिस्पर्धा गराएको थियो। एउटा मात्रै कम्पनीसँग आर्थिक प्रतिस्पर्धा गराएर ठेक्का सम्भौता गरेको भन्दै समितिले ठेक्का रद्द गर्न निर्देशन दिएको छ।
यसैगरी प्याकेज नम्बर १ को विषयका भने सार्वजनिक खरिद अनुगमन कार्यालयसँग पनि छलफल गर्ने निर्णय गरेको छ।
प्याकेज नम्बर २ अन्तर्गतको सुरुङमार्ग निर्माणको ठेक्का रद्द गर्न सार्वजनिक लेखा समितिको निर्देशन दिएको हो। उक्तका कामका लागि सेनाले पोली चङ्दा इन्जिनियरिङ चाइनालाई दिने निर्णय गरेको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।