काठमाडाैं–नेकपाको माधव–झलनाथ समूहले समानान्तर कमिटी गठन गर्ने कार्यलाई तिव्रता दिएको छ। जनवर्गीय संगठनमा समानान्तर कमिटी गठन गर्दै आएको माधव–झलनाथ पक्षले कास्कीमा जिल्ला कमिटी गठन गरेको छ।
नेता माधव नेपालको उपस्थितिमा उक्त समूहको कास्की अध्यक्षमा धनराज आचार्य चयन भएका छन्। कास्की कमिटी गठन गर्ने क्रममा नेता सुरेन्द्र पाण्डे पनि उपस्थित थिए।
सचिवमा होमबहादुर नेपालीलाई जिम्मेवारी दिइएको छ। नवनियुक्त अध्यक्ष पृथ्वीनारायण क्याम्पस स्ववियूका पूर्व सभापति हुन्। जिल्ला कार्यसमितिका अन्य पदाधिकारी पछि बढाउने बताइएको छ।
पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंकेटमा बिहीबार अगुवा कार्यकर्ता भेला गरी समानान्तर कमिटी गठन गरिएको हो।
गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी ओली पक्ष बलियो छ। शीर्ष तहका नेता पुगेर समानान्तर कमिटी गठन भएको कास्की पहिलो जिल्ला हो। यसअघि माधव–झलनाथ पक्षले अर्घाखाँची, गोरखा र भाेजपुरमा समानान्तर कमिटी गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।