• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत ५, २०८२ Thu, Mar 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

हालकाे वायु प्रदूषणले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने चिकित्सककाे भनाइ

दम तथा श्वासप्रश्वासका बिरामीको संख्या ह्वात्तै बढ्न सक्छ
64x64
नेपाल लाइभ बिहीबार, चैत १९, २०७७  ०८:१०
1140x725

काठमाडौं - काठमाडौं उपत्यकासँगै देशका विभिन्न भागमा वायु प्रदूषण बढिरहेको छ। वायु प्रदूषण अझै केही दिन कायमै रहने मौसमविदहरुले बताएका छन्। 

चिकित्सकहरुका अनुसार बढ्दो वायु प्रदूषणले स्वास्थ्यमा प्रतिकुल असर गर्दछ। काठमाडौंमा बढिरहेको वायु प्रदूषणले स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य असरहरु निम्त्याउने उनीहरुले बताए। 

त्रिवि शिक्षण अस्पतालका छातिरोग विशेषज्ञ डा सन्तकुमार दास वायु प्रदूषणले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्ने बताउँछन्। वायु प्रदूषण र यसका कणहरु श्वासनली मार्फत व्यक्तिको शरीरमा प्रवेश गर्दछ। यसले श्वासप्रश्वास प्रणाली सहित शरीरका विभिन्न अंगमा असर गर्ने उनले बताए। 

डा दासका अनुसार वायु प्रदूषणले एलर्जी गराउने, नाक चिलाउने, पानी बग्ने, हाछ्यु आउने, घाँटी खसखस हुने, सुख्खा खोकी लाग्ने लगाउने समस्या निम्त्याउँछ। छाति रोगका बिरामीहरु र पहिलेदेखि नै श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुको समस्या थप बढाउने उनले बताए। उनले भने, ‘पहिले नै श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरुमा वायु प्रदूषणले श्वास फेर्नमा बाधा पुर्‍याउँछ अनि समस्या थप जटिल बनाउन सक्छ।’

विशेषगरी यसले असर गर्ने भनेको दमका बिरामीलाई हो। ब्रोन्केल आज्मा (दम) भएपनि स्वास्थ्य अवस्था ठिक रहेका बिरामीमा श्वासप्रश्वास नियन्त्रण बाहिर हुन सक्छ। दम खोकीका बिरामीलाई पनि वायु प्रदूषणले गाह्रो बनाउन सक्छ। 

वायु प्रदूषणका कणहरु फोक्सो भित्र छिरेपछि दम बढाउने मात्र नभई निमोनिया पनि गराउने जोखिम बढाउने उनले बताए। उनका अनुसार विशेषगरी भाइरल निमोनिया बनाउने जोखिम बढी हुन्छ। 

‘यो फोक्सोभित्र प्रवेश गर्‍यो भने यसले फोक्सोलाई सुरक्षा गर्ने प्रणालीलाई कमजोर बनाईदिन्छ। यसले गर्दा विभिन्न संक्रमण हुने र विशेषगरी भाइरल निमोनिया हुन सक्छ,’ उनले भने, ‘त्यहाँबाट पनि यो रगतमा गयो भने यसले मस्तिष्क, मुटु, मिर्गौला लगायत शरीरका अन्य भागमा पनि असर गर्छ।’

त्रिवि शिक्षण अस्पतालमा हाल वायु प्रदूषणकै कारणले बिरामी बढेको भन्ने यकिन तथ्यांक नभएको उनी बताउँछन्। यद्यपि यो समयमा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, दमका बिरामी गाह्रो भएर बिरामीहरु आउने गरेको उनले बताए। 

Ncell 2
Ncell 2

‘जाडोबाट गर्मीमा गइरहेका छौं। यो समयमा यस किसिमका बिरामीहरु आउने नै गर्छन्,’ उनले भने, ‘यसमा वायु प्रदूषणले पनि बढाएको हुन सक्छ। तर वायु प्रदूषणकै कारण बढेको भनेर अहिले यकिन भन्न सकिँदैन।’  

मास्क लगाउने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन डा दासको सुझाव छ। विशेषगरी वायु प्रदूषण बिहानको समयमा बढी हुने भएकाले हाल मर्निङ वाकका लागि बाहिर ननिस्कन उनी आग्रह गर्छन्। 

‘बढी वायु प्रदूषण देखिने भनेको बिहान करिब ५/६ देखि ९ बजेसम्म हो। त्यो समयमा अत्यावश्यक काम छैन भने बाहिर ननिस्केकै राम्रो हुन्छ,’ उनले भने, ‘त्यसैले मर्निङ वाकका लागि बाहिर निस्कने काम अहिले रोक्नुपर्छ।’

वीर अस्पतालका छातिरोग विशेषज्ञ डा अशेष ढुंगानाले लामो समयसम्म वायु प्रदूषणमा बस्दा यसले तत्कालीन र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने बताउँछन्। श्वासप्रश्वास सम्बन्धी समस्यासँगै आँखा, छाला सम्बन्धी समस्या र विभिन्न एलर्जी बढाउने उनले बताए। उनका अनुसार यस किसिमको वायु प्रदूषणले दीर्घकालीन रुपमा फोक्सो, मुटु सम्बन्धी समस्याको जोखिम बढाउँछ। 

उनी भन्छन्, ‘हामीले फेर्ने हावा र वायु प्रदूषण सिधै हाम्रो फोक्सोमा पुग्छ। त्यसमा भएका धूलोका कर्णहरु फोक्सोमा जम्मा हुन्छ। त्यसले लामो समयपछि असर पुर्‍याउँछ।’

गम्भीर खालका दमहरु गराउने, फोक्सोमा दाग हुने र विभिन्न क्यान्सरको जोखिम समेत बढाउने उनले बताए। वृद्धवृद्धा, दीर्घ रोगीहरु, गर्भवती र बालबालिकाहरु बढी जोखिममा पर्छन्।

वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन हुने भएकाले अहिले नै बिरामीको चाप बढ्यो भन्न नमिल्ने उनी बताउँछन्। तर यो तीन र चार दिनको असरले केही साता वा महिनामा बिरामीको संख्या बढ्न सक्ने उनी सुनाउँछन्।

उनले भने, ‘वायु प्रदूषणको असर दुई किसिमको हुन्छ। एउटा सामान्य र अर्को जटिल खालको। सामान्य रुघाखोकी लाग्ने लगायत समस्या भएपनि मानिसहरु हाल घरमै बस्छन्। तर यो तीन चार दिनको अवस्था हेर्दा केही साता वा महिनामा बिरामीको संख्या बढ्न सक्ने हामी अनुमान गर्न सक्छौं।’

काठमाडौंमा देखिएको यो वायु प्रदूषणले स्वस्थ मानिसलाई समेत असर गर्न सक्ने भएको उनले बताए। अत्यावश्यक काम बाहेरक भीडभाड या बाहिर ननिस्कन उनको सुझाव छ। विशेषगरी दम, मुटु, मिर्गौला लगायत दीर्घ रोगीहरु, वृद्धवृद्धा सचेत रहनुपर्नेमा उनको जोड छ। 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर बिहीबार, चैत ५, २०८२
यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना बिहीबार, चैत ५, २०८२
नयाँ सरकारप्रति प्रारम्भिक मूल्यांकन नगर्न गोकुल बास्कोटाको आग्रह बुधबार, चैत ४, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनबारे छलफल हुने बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बुधबार, चैत ४, २०८२
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान बुधबार, चैत ४, २०८२
सुनको मूल्य घट्यो बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्