काठमाडौं–आज पनि दिउँसोतिर देशका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बिहानै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भू–भागमा तुवाँलोको मात्रा रहेको विभागले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने विभागको दाबी छ।
बाँकी भू– भूभागको मौसम भने सफा रहनेछ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
राति प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।