काठमाडौं- चोभारमा रहेको ‘हुप्पी ल्यान्ड’ पार्क पूर्ण सञ्चालनमा आएको छ। केटाकेटीदेखि वृृद्धवृद्धासम्मले रूचाएको उक्त पार्क कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो। चैत १४ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आएको पार्कका सञ्चालकले जानकारी दिएको छ।
एक अर्बभन्दा बढीको लागतमा स्थापना भएको उक्त पार्क कोभिड-१९ का कारण सञ्चालनमा आउन सकेको थिएन। सरकारले स्वास्थ्य मापदण्ड पालना गराउँदै व्यवसायहरू सञ्चालन गर्न अनुमति दिएपछि हुप्पी ल्यान्ड पनि सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा लागू गर्दै सञ्चालनमा आएको प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिएका छन्।
‘हामीले विभिन्न ठाउँमा सेनिटाइजरको व्यवस्था गर्नुका साथै हात धुने र तापक्रम नाप्नेलगायतका सबै मापदण्ड पूरा गरेर यो पार्क सञ्चालनमा ल्याएका हौं,’ उनले भने। पार्कमा रमणीय दृश्यावलोकनका साथै खेल्ने व्यवस्थासमेत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।