काठमाडौं–अहिले देशको पहाडी भूभागमा आंशिक बदलीसँगै तुवाँलोले ढाकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहे पनि तुवाँलोले गर्दा धुमिल रहेको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।
प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित सामान्य वर्षाको सम्भावनासमेत रहेको छ।
राति देशका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी स्थानको मौसम सफा रहने विभागको दावी छ।
राति बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावनासमेत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।