काठमाडौं- नेकपा (एमालेका) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिएका छन्।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताइदिएकाले त्यसअघि नै दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएको माधव पक्षका प्रदेश सांसदहरूले बताएका छन्।
प्रदेश सभा सदस्य भीमप्रसाद आचार्यसहित १६ जनाले अविश्वास प्रस्ताव फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। प्रदेश १ मा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका राई मुख्यमन्त्री छन्।
तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल 'प्रचण्ड' पक्षका सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।