काठमाडौं- बलिउड अभिनेत्री फातिमा सना शेखलाई कोरोना संक्रमण भएको छ। उनले आफ्नो इन्स्टाग्राममा एक स्टोरी सेयर गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्।
‘मेरो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अहिले सबै सावधानी पालना गरेर घरमै क्वारेन्टाइनमा छु,’उनले लेखेकी छन्।
उनी पछिल्लो समय फिल्म ‘लुडो मा देखिएकी थिइन्। फिल्ममा उनको अपोजिट भूमिकामा राजकुमार राव रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।