काठमाडाैं–वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले समवेदना व्यक्त गरेकी छन्।
मानन्धरको निधनकाे खबरले दुःखी तुल्याएको राष्ट्रपति भण्डारीले टि्वटमा लेखेकी छन्।
मानन्धरकाे सोमबार साँझ निधन भएको थियो।
९१ वर्षको उमेर निधन भएका मानन्धरले २६ वर्ष नेकपा संयुक्तको नेतृत्व गरेका थिए।
सक्रिय राजनीतिबाट विदा हुने भन्दै उनी २०६४ सालदेखि निष्क्रिय थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।