काठमाडौं– कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवल सिंह रावलको निधन भएको छ।
लामो समयदेखि सुगर, प्रेसरलगायत विभिन्न रोगबाट पीडित उनको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
आइतबार बिहान घरमै कुर्सीमा बसेका बेला एकाएक बेहोस भई ढलेका अध्यक्ष रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो।
कोहलपुरमा उपचार सम्भव नभएपछि उनलाइ थप उपचारका लागि सोमबार दिउँसो काठमाडौं लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रशाद शर्माले जानकारी दिए ।
रावलको आज बिहान निधन भएको शर्माले बताए। स्थानीय चुनावमा उनी नेकपा एमालेका तर्फबाट विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।