काठमाडौं– वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिंगो कम्युनिस्ट आन्दोलनमा क्षति भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
मंगलबार शोक वक्तव्य जारी गर्दै प्रचण्डले मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्याएको योगदान सधैं स्मरणीय रहने बताए।
प्रचण्डले मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
विगत एक महिनादेखि पाटन अस्पतालमा फोक्सोको उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो।
उनले २६ वर्ष नेकपा (संयुक्त)को महासचिव भएर पार्टीको नेतृत्वसमेत गरेका थिए। २०६४ सालमा उनले सक्रिय राजनीतिबाट सन्यास लिएका थिए। त्यसपछि गणेश शाहले नेकपा (संयुक्त)को नेतृत्व गर्दै आएका थिए।
२०७४ साल असोज २५ गते नेकपा (संयुक्त) र माओवादीबीच एकता भएको थियो। उनको छोरा सुनिल मानन्धर माओवादी केन्द्रका नेता हुन्। यस्तै उनको तीन छोरी छन्। दिवङ्गत मानन्धरको मंगलबार अन्तिम दाहसंस्कार गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।