काठमाडौं–विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक–२०२१) को अवसरमा लक्ष्मी बैंकले वित्तीय साक्षरतालगायत विभिन्न कार्यक्रम गरेको छ।
बैंकले सातै प्रदेशमा एक हजार भन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता सम्वन्धी कक्षा सञ्चालन गरेको बैंकले बचतको महत्त्व बुझाउँदै खुत्रुके समेत दिएको छ।
बैंकले युवालाई प्रविधि प्रयोग गरेर बैंकिङ गर्ने बानी विकासका लागि साना व्यवसायीलाई डिजिटल बैंकिङ प्रयोगसम्बन्धी तालिमसमेत दिएको थियो।
बैंकको परिकल्पनामा निर्माण भएको वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी वृत्तचित्र समृद्धिको अभियान, लक्ष्य वित्तीय ज्ञान नेपाल टेलिभिजनबाट प्रसारण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।