काठमाडाैं- मन्त्रीलाई सुरक्षा दिन नसकेको आरोपमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), जिल्ला प्रहरी प्रमुख (एसपी) र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख (एसपी) एकसाथ हटाइएका छन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योगमन्त्री लेखराज भट्टलाई सुरक्षा दिन नसकेको भन्दै उनीहरुलाई हटाइएको हो।
गृह मन्त्रालयले सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई त्यहाँबाट हटाएको छ। सीडीओ घिमिरेको ठाउँमा पर्साका सीडीओ अस्मान तामाङलाई सरुवा गरिएको छ।
गृहकै निर्देशनमा प्रहरी प्रधान कार्यालयले एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी मुख्यालयले आफ्ना एसपी भरत खनियाँलाई फिर्ता बोलाएको छ।
पोखरेलको ठाउँमा एसपी मनोज केसीलई पठाइएको छ। यता, खनियाको ठाउँमा भने अहिले कसैको पनि सरुवा गरिएको छैन।
गत फागुन १२ गरे मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्ट पुगेका थिए। उक्त कार्यक्रममा आक्रोशित स्थानीयले ढुंगामुढा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।