• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि प्रभावित

64x64
नेपाल लाइभ मंगलबार, चैत १७, २०७७  ०९:२६
1140x725
फाइल तस्बीर

काठमाडाैं- नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिले निर्धारण गरेको समय अनुसार क्षेत्रीय र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको विवरण सूचीकृत नगरेसँगै कार्यतालिका प्रभावित बनेको हो।

नयाँ सदस्यको नाम ‘इन्ट्री’ गर्ने अधिकार क्षेत्रीय कार्यसमितिलाई छ भने नवीकरणको अधिकार जिल्ला कार्यसमितिलाई छ। नयाँ र पुराना दुवैको नाम ‘इन्ट्री’ गर्न यस पटकदेखि प्रविधिको विकास गरिएको छ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लालाई नवीकरण र नयाँ सदस्यता वितरणको समयावधि फागुन २८ सम्मलाई छुट्याइएको थियो। एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाले केन्द्रमा नाम पठाउने अवधि चैत्र १० गतेसम्मलाई तोकिएको थियो। निर्धारित मितिमा क्रियाशील सदस्यताको कार्य टुंगिन नसकेसँगै अन्य कार्यतालिका प्रभावित हुने भएको छ।

सदस्यता टुंगिएको भए हाल जिल्ला तहले छानबिनका लागि परेका उजुरीउपर प्रारम्भिक अध्ययन गर्ने समय थियो। प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची केन्द्रमा पठाउने अवधि चैत अन्तिमसम्मलाई तोकिएको थियो। प्रारम्भिक छानबिनको चरणमा कार्यतालिका प्रवेश गर्नै पाएको छैन।

क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले भने, ‘पुरै नाम आइसकेपछि मात्रै छानबिनको प्रक्रियामा जाने हो। कहिलेसम्म नामावली आउँछ? कहिले छानबिन गर्ने?’ 

सोमबारसम्म करिब ५ लाख नाम सूचीकृत भएका छन्। सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पाले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य सुरु नै गरेका छैनन्। क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य सबैभन्दा बढी गण्डकी प्रदेशले टुंग्याएको छ। गण्डकीले ७० प्रतिशत बढी कार्य सक्दा प्रदेश २ ले १० प्रतिशत हारहारीमा काम सकेको छ। 

क्रियाशील सदस्यहरूको नामावली केन्द्रमा आइसकेपछि त्यसउपर उजुरीका लागि समय उपलब्ध हुन्छ। उजुरी आव्हान गर्ने समयावधिमा प्रवेश गर्न नसक्नु क्रियाशील सदस्यता नटुंगिनुको कारण रहेको छ। छानबिन समितिले आफ्नो कार्य सकेर जेठ मसान्तसम्म नामावली केन्द्रीय सभापतिलाई बुझाउनुपर्नेछ। तोकिएको समयमा छानबिन गरी नामावली बुझाउन नसकिने कारणसहित समिति सदस्यले शीर्ष नेतालाई जानकारी गराइसकेका छन्।

क्रियाशील सदस्यता विवाद कांग्रेसका सबै महाधिवेशनमा विवादमा पर्ने मुख्य विषय रहेको छ। पार्टी भित्रका गुट, समायोजन कार्यको विवाद, केन्द्रीय निर्देशिकाको उल्लंघन लगायतले यसपटक क्रियाशील सदस्यताको विवाद आउने समिति सदस्यहरुको आकलन छ। क्रियाशील सदस्यता वितरणमा १३औं महाधिवेशनमा देखिएका विवाद पनि केही स्थानमा थाँती राखिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

प्रादेशिक संरचना अनुसार संगठन समायोजन गर्दा अपनाइएको विधिलाई उल्लंघन गरिएको नयाँ प्रकारका उजुरी यसपटक हुनेछन्। ‘उजुरी कस्तो प्रकारका पर्छन् भनि अहिले नै सबै किटान गर्न सकिन्न। यसपटक धेरै विवाद आउने देखिन्छ’, क्रियाशील सदस्यता छानबिन समिति सदस्य पौडेलले भने। पार्टीले तय गरेको मापदण्ड उल्लंघन तथा प्रक्रिया पुरा नगरी क्रियाशील सदस्यता वितरण गरिएको भन्दै उजुरी आउनु स्वाभाविक भएको पौडेलले बताए।

१३औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्यता छानबिन गर्न नरहरि आचार्यको छानबिन समितिलाई ७ महिना लागेको थियो। आचार्य तुलनात्मक रुपमा विवादरहित व्यक्ति थिए। यसपटक स्वार्थ समूहले क्रियाशील सदस्यता छानबिनलाई प्रभावित पार्नसक्ने आशंका पनि छ। 

बढे युवा सदस्य

कांग्रेसले यसपटक १३औं महाअधिवेशन भन्दा शतप्रतिशत क्रियाशील सदस्यता वृद्धि गर्ने निर्णय गरेको छ। सदस्यता वृद्धि गरेसँगै त्यसउपर उजुरी बढ्नु स्वभाविक पनि देखिन्छ। पार्टीभित्रका समूहले आ-आफ्नो पक्षबाट सदस्यता बढाउने प्रयत्न गर्ने तथा अर्को पक्षकाले उजुरी दिने प्रचलन कांग्रेसमा पुरानै हो। ‘समस्या अघिल्लोपटक भन्दा बढ्छ। समय हामीलाई ७ महिना होइन। १७ दिन पनि छैन’, पौडेलले भने। ९० प्रतिशत उजुरी आउनै बाँकी रहेको पौडेलले जानकारी दिए।

असार ७ भित्र क्रियाशील सदस्यताको टुंगो लगाई तल्लो तहदेखि अधिवेशन सुरु गर्ने कार्यतालिका बनाइएको छ। महाधिवेशनका लागि तोकिएको अन्तिम मिति प्रभावित नहुने गरी पुनः कार्यतालिका संशोधन गर्न लागिएको छ। कार्यतालिका संशोधनकै लागि केन्द्रीय समितिको बैठक चैत २० का लागि बोलाइएको छ। 

क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यमा ४० वर्ष उमेर समूह भन्दा मूनिका ३७ प्रतिशत रहेका छन्। यसपटक युवा उमेर समूहका क्रियाशील सदस्यता बढ्ने आकलन छ। धेरै युवाले क्रियाशील सदस्यता लिएको भन्दै नेता कृष्णप्रसाद सिटौलाले खुशी व्यक्त गरे। ‘यो राम्रो पक्ष पनि हो। ठूलो संख्यामा कांग्रेसमा युवाहरू क्रियाशील सदस्यतामार्फत् प्रवेश गरेका छन्। पार्टी भविष्यका लागि यो खुशीको कुरा हो’, सिटौलाले भने।

वडा अधिवेशनका लागि असार २० तोकिएको छ। गाउँ/नगरपालिकाको अधिवेशन असार २२ मा हुने गरी समय निर्धारण गरिएको थियो। प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते अधिवेशन गरिने गरी मिति तय गरिएको थियो। साथै, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन साउन ६ गते गर्ने गरी समय तोकिएको छ। केन्द्रीय महाधिवेशन भदौको ७ देखि १० सम्म हुनेछ। 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ०९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी नेतृत्वबारे उठाइएका टिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति
दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा
पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट, २४ जनाको मृत्यु
सम्बन्धित सामग्री
पार्टी नेतृत्वबारे उठाइएका टिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति उनले यस्तो अभिव्यक्तिलाई गैर जिम्मेवार मात्र नभई आपत्तिजनक मानसिकता भएको टिप्पणी गरेका छन्। आइतबार, जेठ १०, २०८३
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु धनगढीस्थित सौराई स्क्वायरमा आयोजना गरिएको कार्यक्रममा पार्टीभित्र एकता सुदृढीकरण तथा संगठन पुनर्जागरणलाई मुख्य विषय बनाइएको जनाइएको... आइतबार, जेठ १०, २०८३
एमाले सचिवालय बैठक गुण्डुमा सुरु अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक जारी छ। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
पार्टी नेतृत्वबारे उठाइएका टिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति आइतबार, जेठ १०, २०८३
दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा आइतबार, जेठ १०, २०८३
पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट, २४ जनाको मृत्यु आइतबार, जेठ १०, २०८३
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु आइतबार, जेठ १०, २०८३
एमाले सचिवालय बैठक गुण्डुमा सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्