काठमाडौं- विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) २०२१ को सन्दर्भमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रम गरेको छ।
बैंकको वित्तीय साक्षरता आभियान अन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरूका करिब एक हजारभन्दा बढी विद्यार्थीलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउँदै खुत्रुके वितरण गरिएको बैंकले जनाएको छ।
यसका साथै युवाहरूमा प्रविधिको प्रयोग गरी बैकिङ गर्ने बानीको विकास गर्नेे उद्देश्यले विभिन्न व्यवसायमा आवद्घ साना व्यवसायीहरूलाई डिजिटल बैंकिङको प्रयोग सम्बन्धी तालिम दिइएको छ।
विश्व वित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारी सहितको २०७८ सालको वार्षिक भित्तेपात्रोको विमोचन पनि गरिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता अभियानलाई प्रमुख प्राथमिकतामा राख्दै बैंकले यसअघि पनि विभिन्न सहभागितामूलक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।