फाइल तस्बिर
काठमाडौं–थ्री नेसन्स कप फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन्।
आज साँझ ५ः३० बजे नेपाल र बंगलादेशबीच हुने फाइनल प्रतिस्पर्धा हेर्न प्रधानमन्त्रीसहित नेकपा एमालेका शीर्ष नेता सहभागी हुने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
प्रधानमन्त्री ओली खेल अवधिभर रंगशालामै रहने सचेतक भट्टराईको भनाइ छ। प्रधानमन्त्रीको उपस्थितिले खेलाडीमा थप हौसला बढ्ने बताइएको छ।
नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो। लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो।
गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाल मैदानमा उत्रिँदा फाइनल खेल केही रोचक हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।