काठमाडौं–जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पश्चिमी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागको मौमि भने सामान्यतया सफा रहेको विभागको भनाइ छ।
दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ।
दिउँसो देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
राति भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागको दाबी छ। देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावनासमेत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।