काठमाडाैं- नेपाली कांग्रेसले म्यानमारमा भएको सैनिक दमनको विरोध गरेको छ। सैनिक सरकारले गरेको हिंस्रक दमनको अमानवीय घटनाप्रति कडा विरोध गर्दै म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाउन कांग्रेसले अपील गरेको छ।
‘म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ’, प्रवक्ता विश्वप्रकाश शर्माले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ।
दमन तत्काल रोक्न, निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायतलाई रिहाइ गर्न कांग्रेसले माग गरेको छ। लोकतन्त्र पुन:स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाब बढाउन आवश्यक देखिएको कांग्रेसले उल्लेख गरेको छ। नागरिक आन्दोलनका पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।
जननिर्वाचित सरकारलाई अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएपछि भएको प्रर्दशनमा सेनाले ४२३ हत्या गरेको छ। फ्रेबुअरी १ मा सैन्य सरकारले प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।