काठमाडौं–जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले म्यानमारमा भइरहेको नरसंहार विरुद्ध मानवता र लोकतन्त्र पक्षधर सबैलाई बोल्न आग्रह गरेका छन्।
आइतवार सामाजिक सञ्जाल ट्वीटरमा म्यनमारमा जारी हिंसाको एक भिडियोसहित ट्वीट गर्दै उनले संसारका कुनै पनि कुनामा फौजी र गैर फौजी तानाशाही स्वीकार्य नभएको बताएका हुन्।
अरुलाई खाने बाघले हामीलाई पनि खान सक्ने भन्दै उनले यसको विरुद्धमा र लोकतन्त्रको पक्षमा सबैले बोल्नुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।