काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले पछिल्लो समय शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्र अस्तव्यस्त भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा यादवले यस्तो बताएका हुन्।
पूर्वी मधेसको शिक्षा खस्कँदो रहेको भन्दै उनले शिक्षाको स्तर उकास्नुपर्नेमा जोड दिए।
'पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भएपनि पूर्वी मधेसका बारादेखि सप्तरीसम्मको क्षेत्रको शिक्षाको अवस्था खस्कँदो छ,' डा यादवले भने, 'राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हो। समाज रुपान्तरणको जग नै शिक्षा हो। शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।