काठमाडाैं- बलिउड अभिनेता परेश रावललाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफूलाई शुक्रबार कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
उनले मार्च ९ मा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलो डोज लिएका थिए। खोप लगाएको १७ दिनपछि उनमा कोरोना संक्रमण देखिएको हो।
उनले पछिल्लो १० दिनमा आफ्नो सम्पर्कमा व्यक्तिहरुलाई कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।