काठमाडौं– सन्जोक राई र त्रिदेव गुरुङले नेपाली सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन्। थ्री नेसन्स कप अन्तर्गत शनिबार बंगलादेशविरुद्धको खेलबाट सन्जोक र त्रिदेवले सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन्।
यसअघि सन्जोक र त्रिदेव नेसन्स कपकै किर्गिस्तानको यु–२३ टोलीविरुद्धको खेलबाट राष्ट्रिय टोलीको जर्सी लगाएपनि उनीहरुको अन्तर्राष्ट्रिय ‘डेब्यू’ मानिएन। त्यसकारण बंगलादेशविरुद्धको खेलमा सन्जोक र त्रिदेव सुरुवाती एघारमा परेसँगै दुबैले डेब्यू गरेका हुन्।
सन्जोकले सहिद स्मारक ‘ए’ डिभिजन लिग थ्रीस्टार क्लबबाट खेल्छन्। त्यस्तै, त्रिदेवले हिमालयन शेर्पाबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्दै आएका छन्।
थ्री नेसन्स कपमा बंगलादेश र नेपालबीचको खेल लिग चरणको अन्तिम खेल हो। बंगलादेश यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो। प्रतियोगिताको पहिलो खेलमा भने बंगलादेशले कीर्गिस्तानलाई १-० ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।