• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्वसाधारण भन्छन्- फेरि लकडाउन गर्नुहुन्‍न [भिडियोसहित]

कविता चापागाई आइतबार, चैत १५, २०७७  ०७:२०
1140x725

काठमाडौं- कोरोना भाइरस संक्रमण(कोभिड-१९)को विश्वव्यापी महामारीका कारण अस्तव्यस्त बनेको जनजीवन पछिल्ला महिनामा केही सामान्य बन्दै आएको थियो। तर, छिमेकी मुलुक भारतलगायतका देशमा पुनः संक्रमणदर उच्च बन्दै जाँदा नेपालमा पनि त्रास फैलिएको छ। 

कोरोना संक्रमणको दोस्रो लहर फैलनसक्ने भन्दै सरकारले कडाइ गर्न थालेको छ। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यसअघि जारी गरिएका स्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले मास्क अनिवार्य लगाउन तथा भीडभाड हुनेगरी कार्यक्रम नगर्न सूचना जारी गरेका छन्। यही कारण पुनः लकडाउन हुने हो कि भन्‍ने चिन्ता सर्वसाधारणले गर्न थालेका छन्।

लामो र पीडादायी लकडाउन भोगेका सर्वसाधारण पुनः त्यही खालको लकडाउन गर्न नहुने बताउँछन्। उनीहरूले सबै व्यक्ति आफैं सचेत हुने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। 

यही सन्दर्भमा रहेर काठमाडौंका विभिन्‍न स्थानमा भेटेर गरेको कुराकानीका क्रममा व्यक्त विचारः

बादल यादव, कम्प्युटर इन्जिनियर, बानेश्वर
कोरोनाले सताएको करिब एक वर्ष बढी भइसक्यो। अब के गर्न हुन्छ र के गर्नु हुँदैन भन्‍ने कुरा पनि सबैलाई थाहा भइसक्यो। यो कोरोनाको दोस्रो लहरमा पनि पहिलाको जस्तै मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने र भीडभाडबाट टाढा रहने गर्नु पर्दछ। कोरोनाको यो दोस्रो लहर सकेसम्म फैलिन दिनु हुँदैन। अहिले मानिसहरूमा पहिलेको तुलनामा डर पनि कम भइसक्यो। तर, यो रोगलाई सामान्य रूपमा नलिई डर मान्‍नु राम्रै हो।

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना भाइरस फैलिँदै गयो भने लकडाउन र निषेधाज्ञा गर्नु उचित हो। र, यो सरकारको एउटा बाध्यात्मक कदम पनि हो। तर, लकडाउन मात्र समस्याको समाधान होइन, यसले मानिसलाई अर्काे पीडा थपिदिन सक्छ। यसले कस्तो असर पर्छ भन्‍ने कुरा पनि सरकारले ख्याल गर्नुपर्छ। पहिलेको लकडाउनमा घर जान मन भएका कति मानिसहरू साधनको अभावका कारण भोकभोकै बस्नुपर्‍यो, सबैको काठमाडौंमै घर हुन्छ भन्‍ने छैन। त्यसैले यस्ता कुराहरूमा सरकारको ध्यान जानुपर्छ र फेरि, पहिलाकै अवस्था आयो भने सरकारले जनतालाई सेवासुविधा दिनुपर्छ।

समृद्धि राई, विद्यार्थी
कोरोनाले हाम्रो स्वास्थ्यदेखि हामीजस्तो विद्यार्थीको समय नै बर्बाद गरेको छ। अब हामी आफैं सुरक्षित हुनुपर्छ। पहिलेकै जस्तो मास्क, स्यानिटाइजर र भौतिक दूरी अपनाउनुपर्ने, धेरै भीडभाड नहुनेगरी काम गर्नु पर्दछ। अब पहिलेको जसरी सधैँ लकडाउन नै गर्नु उचित हो जस्तो लाग्दैन। सुरूमा कोरोनाको बारेमा केही थाहा थिएन तर अहिले सबैलाई जानकारी भइसक्यो नि। सकेसम्म हामी सबैले लकडाउनभन्दा पनि आफैं सुरक्षित भएर अघि बढ्नु पर्दछ। म आफैं पनि अहिलेसम्म झोलामा स्यानिटाइजर बोकेर हिडिँरहेकी छु। साथीहरूले मास्क नलगाएको देखेँ भने म उनीहरूलाई कराइदिन्छु। त्यसैले हामी आफैंले हरेक मापदण्डहरू अपनाएर सुरक्षित हुन सक्छौं। लकडाउनभन्दा पनि आफैं अनुशासित भएर संक्रमणबाट टाढा हुन सक्छौं।

विनोद कायस्थ, भक्तपुर
सबैले आ-आफ्नो ठाउँबाट सुरक्षित भयौँ भने पहिलाको जस्तो सास्ती खेप्नु पर्दैन। कोभिडसँग लड्नका लागि अपनाउनुपर्ने मापदण्ड सबैले अनुशासित भएर अपनाउनुपर्छ। अहिले भ्याक्सिन पनि आएको छ, भ्याक्सिनलाई अझ जनताको माझमा पुर्‍याउने र डब्लुएचओले तोकेको मापदण्डअनुसार सरकारदेखि जनता सबैले यसकाविरुद्ध लड्नका लागि अघि बढ्नुपर्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आफूमात्र नभई अरूलाई पनि सचेत गराउनु पर्दछ। यो समयमा लकडाउनभन्दा पनि अहिले बनेको विभिन्‍न खोपहरू छन् तिनिहरूलाई तीव्रता दिनुपर्छ। लकडाउन नै समस्याको समाधान होइन। यसले लाखौँ मानिसको रोजगारी गुमेको छ, मानसिक रोगहरूले मानिसलाई पिरोलेको छ, विशेषतः दैनिक ज्याला गरेर खानेहरू बढी मारमा परेका छन्। त्यसैले यस्तो स्थिति आउन नदिन सरकारले वैकल्पिक उपायहरू अपनाउनु आवश्यक छ। लकडाउनमात्र समस्याको समाधान होइन भन्‍ने कुरा हामीले अनुभव गरिसक्यौँ।
  
रमेश पराजुली, चाबहिल
नेपाल सरकारले यसअघि कोरोनाको संक्रमण रोक्न सक्ने अथवा कम गर्न सक्ने अवस्था हुँदाहुँदै पनि कतिपय कमजोरीले गर्दा वा चासो नदिएको हुँदा लकडाउन र निषेधाज्ञा जस्तो मार जनताले भोग्नुपर्‍यो। दोस्रो लहरमा पनि पहिलेकै जस्तो कोरोना फैलियो भने लकडाउन गर्न सकिन्छ, तर पहिलेको भन्दा नीति नियमहरू परिवर्तन गर्नुपर्ने देखिन्छ। जुन तरिकाबाट लकडाउन गरियोस् जसले गर्दा मानिसको जीवनमा ठूलो असर नपोस्। योभन्दा अगाडिको लकडाउनमा कतिपय मानिसहरू भोकभोकै मरेका थिए भने कतिले जागिर गुमाएर अहिलेसम्म पनि त्यत्तिकै बस्नुपरेको छ। यस्तो अवस्था आउनु पनि गलत कुरा हो। जनताले पनि पहिले कस्तो अवस्था आएको थियो भन्‍ने कुरालाई मनन गर्दै विभिन्‍न किसिमका मापदण्डहरू पालना गर्नु पर्दछ, जसले गर्दा सुरक्षित हुन सक्छौँ।

भिडियो:

प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  ०७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्