काठमाडाैं- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बाेलाएकाे छ। कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि शनिबार बिहान ९.३० बजे बैठक बाेलाइएकाे हाे।
बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकले जाेशीकाे निधनमा शोक प्रस्ताव पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
श्रद्धाञ्जलीका लागि जोशो शव बिहान १०.०० बजेदेखि दिउँसो १.०० बजेसम्म केन्द्रीय कार्यालयमा राखिने प्रवक्ता शर्माले बताएl
मष्तिष्कघात भए थापालथीस्थित् नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा मृत्यु भएको हाे। जोशीलाई फागुन १४ गते अस्पतालमा भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।