काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनबाट कांग्रेसले इमान्दार र निष्ठावान् नेता गुमाएको बताएका छन्।
‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु’, देउवाले ट्विटरमा लेखेका छन्, ‘जोशीजीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ।'
त्यस्तै, प्रवक्ता विश्वप्रकाश शर्माले नेता नवीन्द्रराज जोशीको निधनबाट देशले असल र कुशल नेता गुमाएको बताएका छन्।
‘तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा। देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ’, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।