काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ।
मष्तिष्कघात भए थापालथीस्थित् नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा मृत्यु भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले पुष्टि गरे।
फागुन १४ गते मस्तिष्काघात भएपछि उपचारका लागि जोशीलाई अस्पतालमा भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।