काठमाडौं- महिन्द्रा फोरह्विलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहले भक्तपुरको सूर्यविनायकमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले महिन्द्रा फोर ह्विलर सवारीसाधनको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार सेवा केन्द्र ‘भक्तपुर मोटो टेक’ त्यस क्षेत्रका लागि बालाजु अटो वर्क्सको अधिकृत सुसज्जित डिलर हो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकी, सूर्यविनायक नगरपालिकाका मेयर वासु थापा, नायिका अदिती बुढाथोकी र जगाती परिसरका डिएसपी राजेश थापाले शुक्रबार संयुक्त रूपमा सर्भिस सेन्टरको उद्घाटन गरेका हुन्।
'यो सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य भक्तपुर र यस वरपरका ग्राहकहरूलार्ई सुविधाजनक र किफायती सेवा पुर्याएर उहाँहरूलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराएर लाभ पुर्याउने रहेको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरूमा ग्राहकलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नमा कम्पनी केन्द्रित रहँदै आएको बताए।
उक्त सर्भिस सेन्टरबाट आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयुभी ५००, टियुभी ३००, केयुभी १०० र थारलगातका सबै उत्पादन शृंखलाको बिक्री-सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।