काठमाडौं- एनएमबी बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड कार्यान्वयनमा ल्याएको छ। योसँगै अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्नेमा एनएमबि पहिलो बैंक भएको बैंकको भनाइ छ।
यो कार्डबाट वार्षिक रूपमा ५०० डलरसम्मका विदेशी मुद्राको कारोबार गर्न सकिने छ। राष्ट्र बैंकले वार्षिक ५ सय डलरको सीमा तोकेर अन्तर्राष्ट्रिय प्रिपेड कार्ड ल्याउन सकिने व्यवस्था गरेको थियो।
प्यान कार्ड र नागरिकतासहित बैंकमा खाता खोली प्रिपेड कार्ड लिन सकिने बैंकले जनाएको छ। प्रिपेड कार्डबाट नेटफ्लिक्स, सपिङ्ग, शिक्षाका साथै सामाजिक सञ्जालमा बुस्ट गर्नसमेत सकिने जानकारी बैंकले दिएको छ।
बैंकका देशभरका १८० शाखाबाट अन्तर्राष्ट्रिय प्रिपेड कार्डको सेवा लिन सकिने बैंकले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।