काठमाडाैं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन्।
बिहीबार नेपाल प्रेस युनियनले विराटनगरमा आयाेजना गरेकाे कार्यक्रममा नेता सिंहले ओलीले असंवैधानिक कदम उठाएर नैतिकता गुमाइसकेकाले १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको टिप्पणी गरेका हुन्।
साथै, उहाँले नेपाली जनताको लामो समयको संघर्षबाट प्राप्त भएका उपलब्धिमाथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेको भन्दै प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको बताए।
देश विकासका लागि कम्युनिस्टहरूले बहुमत प्राप्त गरेपनि जनाताले अपेक्षा गरेअनुसार सरकारले काम नगरेको उहाँको भनाइ छ। 'कम्युनिस्टहरूले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन् तर, कम्युनिस्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउनतर्फ लाग्यो।’
आन्तरिक भागबण्डा नमिलेपछि कम्युनिस्टहरुले देशलाई दुर्घटनातर्फ धकेल्न प्रयास गरेको नेता सिंहको आरोप छ। कांग्रेस अहिले पनि परिस्थितिलाई सम्हालेर जान तयार रहेकाे उनले बताए।
नैतिकताहीन सरकारलाई माओवादी केन्द्रले समर्थन दिइराख्ने, जन्ता समाजवादी पार्टीले कुनै प्रस्ट निर्णय नलिने तर, सरकारकाे विकल्प दिन कांग्रेसले ध्यान दिएन भन्नु जायज नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।