काठमाडौं– भारतमा कोरोना संक्रमितको संख्या तिव्रगतिमा वृद्धि भइरहेको छ। भारतमा कोरोनाका नयाँ ‘भेरियन्ट’हरु पनि फेला पर्ने क्रममा छ।
यसैबीच बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको छ। उनी घरमै क्वारेन्टाइनमा बसिरहेका छन्। यता भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता तथा राजनीतिज्ञ धर्मेन्द्रको जुहुस्थित ‘फाम हाउस’मा काम गर्ने ३ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
‘सबै सावधानी अपनाइरहेका छौं। यस बाहेक देओल परिवार पनि धेरै सतर्क छ। संक्रमित कामदारहरु छिट्टै निको हुनेमा विश्वस्त छौं,’ उनले भने।
अहिले कोरोना संक्रमित कामदारलाई छुट्टै राखेका छन्। उनीहरूको उपचार भइरहेको जनाइएको छ। धर्मेन्द्र केही महिनादेखि लोनाभलाको आफ्नो फार्म हाउसमा थिए। तर, उनी अहिले मुम्बईमा छन्।
यसबारे सोध्दा धर्मेन्द्रले भने, ‘मैले मेरो खोप लगाइसकेको थिएँ, म ठीक छु, यद्यपि म फेरि कोरोना परीक्षण गरिसकेका छु। साँझसम्म रिपोर्ट आउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।