काठमाडाैं- नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। चैत २० का लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।
क्रियाशील सदस्यता वितरण र नवीकरणका विषयमा छलफल गर्न बैठक डाकिएको बताइएकाे छ। चैत १० गतेसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण टुंगाउन केन्द्रले गरेको निर्देशन अनुसार नामावली केन्द्रमा आइपुगेको छैन।
९ जिल्लाले क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य नै सुरु गरेका छैनन्। १० लाख क्रियाशील सदस्य बनाउने नीति पार्टीले लिएपनि ४ लाख जनाको मात्रै नामावली सूचिकृत भएको छ।
क्रियाशील सदस्यता छानविन समितिले पार्टी शीर्ष नेताको बैठकमा समस्या समाधान गरिदिन आग्रह गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।