काठमाडौं– सबै संगठनमा समानान्तर कमिटी बनाएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ।
मंगलबार राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको नेपाल समूहले सुदेश पराजुलीको अध्यक्षतामा अनेरास्ववियूको समानान्तर कमिटी बनाएको हो।
समानान्तर अखिलको सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन भएका छन्। दीपेश प्रसाईलाई कोषध्यक्ष बनाइएको कमिटीमा आठ जना उपाध्यक्ष तथा ३७ जना सचिव रहेका छन्।
माधव नेपाल समूहले यसअघि अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।