काठमाडौ–नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाहह् ग्राहक योजना अघि ल्याएको छ।
चैत ८ गतेबाट सुरु भएको योजना बैशाख ३१ सम्म चल्ने कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म नगद छुट वा शुन्य प्रतिशत ब्याजदर भएको ‘वा अफर’ रहेको छ।
साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधिमा टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये एक जना भाग्यशाली ग्राहकले हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टिभिएस अपाचे आरआर ३१० जित्न सक्नेछन्।
योजनाको अन्त्यमा एक जनाले भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप नयाँ प्रोटोन सागा फेसबुक लाइभ मार्फत प्राप्त गर्नेछन्। कम्पनीले यसलाइ वाहह् नाम दिएको छ।
योजना देशका सम्पूर्ण टिभिएस सोरुममा लागु भएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।