काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल र विदेश मामिला विशेषज्ञ नारायण मैनालीलाई इक्यानको कार्यालयमा सोमबार स्वागत तथा भेटघाट गरेको छ। अध्यक्ष प्रकाश पाण्डेसहित इक्यान कार्यसमितिले उनीहरूलाई स्वागत गरेको हो।
भेटघाटका क्रममा अस्ट्रेलियामा बस्ने नेपाली विद्यार्थी र नेपालीको वर्तमान अवस्था, सीमासम्बन्धी मुद्दा, नेपाली विद्यार्थीले एनओसीका लागि भोग्नुपरेका समस्या, नेपाल र अस्ट्रेलियाको नियमित उडान, एफडिआइसँग सम्बन्धित मुद्दालगायतका विषयका छलफल गरिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए।
सोही अवसरमा अस्ट्रेलियामा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा इक्यान र दूतावासबीचको सम्बन्ध सुमधुर बनाउनेबारे छलफल गरिएको महासचिव दीपकराज भुषालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।