काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले नेपालले अल्पविकसितबाट विकासशील देशको प्रमाणपत्र पाएको बारेमा प्रश्न उठाएका छन्।
कर्णाली क्षेत्रमा अहिले पनि बिजुली नभएको भन्दै उनले कसरी विकासशील भयो भन्दै प्रश्न उठाए। ‘सांसदका हत्यारा अझ भनौं खानेपानी मन्त्रीका भाषामा श्री ५ को सरकारका मन्त्रीले हाम्रो देश अल्पविकसितबाट विकसित देशमा पुगेको प्रमाणपत्र आउँदै छ भन्नु भयो’, महतले भने ‘मैले कर्णालीको नक्शा यहाँ ल्याएको छु। यो नेपालभित्र पर्छ र यहाँका मानिसले बत्ती पाएका छैनन् अध्याँरोमै छन्।’
'श्री ५ को सरकार'का प्रतिनिधिले प्रमाणपत्र आउँदैछ भनेको र यो कसले आँखा चिम्लेर दिन लागेको भनि उनले व्यंग्य गरे। जुम्ली जनताले यो जान्न चाहेकोले आफूले प्रश्न उठाएको उनले बताए।
‘यो घुस दिएर ल्याएको प्रमाणपत्र त हैन भनि कर्णालीका जनताले प्रश्न उठाएका छन्’ महतले भने ‘कर्णाली नेपालभित्रै पर्छ र यहाँका मानिसले बत्ती कहिले पाउँछन्?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।