काठमाडाैं- सिम्रिक एयरलाइन्सले पुन: गुण एयरलाइन्सकाे नाममा उडान भर्ने भएकाे छ। आगामी बैशाखको पहिलो हप्तादेखि सिम्रिकले पुरानै नाममा उडान भर्न लागेकाे हाे।
नेपाली हवाइ उड्डयन क्षेत्रमा सन् २००९ मा स्थापना भएको सिम्रीक एयरलाइन्सले सन् २०१३ देखि नाम फेरेकाे थियाे। नाम परिवर्तन भएसँगै विमान संख्या थप गरिने पनि गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाले जानकारी दिए।
हालै मात्र गुण एयरलाइन्सले अर्को यति एयरलाइन्ससँग सम्झौता गरि उडान संचालन गरिरहेको पाँच वटा जेट स्ट्रीम जहाज खरिद गरेको छ। याेसँगै विमान संख्या ७ पुगेकाे छ।
अन्य आवश्यक सम्पुर्ण प्रक्रिया हरु सम्पन्न गरि आगामी तीन महिना भित्र खरीद गरिएको जेट स्ट्रीम जहाज द्वारा नेपालको अधिकांश ट्रन्क स्थानहरु सिमरा, भरतपुर , जनकपुर, भद्रपुर, बिराटनगर, नेपालगन्ज, तुम्लिङटारलगायत अन्य स्थानहरुमा सेवा बिस्तार गर्ने योजना रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।