काठमाडौं- चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको अफरोड र्याली सम्पन्न भएको छ। कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले नेपालमा २०० बाइक बिक्री गरेको उपलक्ष्यमा अफरोड र्याली सम्पन्न गरेको हो।
चैत्र ७ गते शनिबार बिहान ९ बजे हाउजे शोरुम काठमाडौं कमलपोखरीबाट सुरु भएको अफरोड र्याली ललितपुरको देउराली टीका भैरव हुँदै जवालाखेलस्थित हाउजेको आधिकारिक सर्भिस सेन्टर आएर अन्त्य भएको थियो।
हालै कम्पनीले नेपालमा भित्र्याएका बाइकको डिलर र सर्भिस सेन्टर विस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्रान्डलाई बिक्री वितरण गरिरहेको छ।
सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि यो बाइक उपयुक्त रहेको दाबी कम्पनीको छ।
र्यालीमा कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नका म्यानेजिंग डाइरेकटर राज कर्णिकार, एनके १५० का पहिलो ग्राहक चन्द्र कुमार डंगोल, महिला राइडर अन्तर्रास्ट्रिय जुडो खेलाडी सुमित्रा राईलगायत ४० जना उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।