काठमाडौ–युनिग्लोब कलेजले हालै २ दिने अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ।
सेमी भर्चुअल मोडेलमा आयोजना गरिएको कार्यक्रममा अमेरिका, युके, फ्रान्स, स्लोभेनिया, मलेसिया, जापान, भारतलगायत २० वटा मुलुक सहभागी थिए।
कोभिड–१९पछाडिको अर्थतन्त्र उकास्न र त्यसको अध्ययनलाई निरन्तरता दिन यस्ता कार्यक्रम निकै फलदायी रहेको कलेजका प्रिसिन्पल एवं म्यानेजिङ डाइरेक्टर डा. नरबहादुर विष्टले बताए।
हरेक वर्ष झै यस वर्ष पनि यस कार्यक्रमले निरन्तरता पाएको उनको भनाइ थियो। हालसम्म युनिग्लोव कलेजले आठ पटक अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको छ।
कार्यक्रममा विभिन्न २० राष्ट्रका प्राज्ञिक व्यक्तित्वले आफ्नो विचार र अनुसन्धान प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।