गैँडाकोट- एनएमबी बैंकले गैडाकोट नगरपालिका-४ मा अवस्थित गैँडाकोट एग्रोमार्ट मिनी मार्केट तथा हाटबजारमा क्यूआर कोड हस्तान्तरण गरेको छ। एनएमबी बैँक गैडाकोट शाखाले मिनि मार्केट तथा हाट बजारका ३७ व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो।
बैँकको गैँडाकोट शाखाले एक कार्यक्रम गरी क्यूआर कोड हस्तान्तरण गरेको हो। गैँडाकोट नगरपालिका-४ का वडाध्यक्ष कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
वडाध्यक्ष न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा एनएमबि बैँक गण्डकी प्रदेशका एरिया म्यानेजर अमृतराज बास्तोलाले मन्तव्य राख्दै क्युआर कोडबाट कारोबार गर्दा हुने फाइदा जानकारी गराएका थिए।
कार्यक्रममा गैडाकोट एग्रोमार्ट प्रालिका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोबार गर्दा हुने जोखिम र विद्युतीय कारोबारका फाइदाबारे उल्लेख गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।