काठमाडौं- शरीर र मनलाई स्वस्थ बनाउने उद्देश्यले मेराकी होलिस्टिक वेलनेसको प्रि-लन्च सम्पन्न भएको छ। शनिबार वेलनेसको प्रि-लन्च सम्पन्न भएको हो।
प्राकृतिक चिकित्साका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यवर्द्धक विभिन्न तालिम प्रदान गर्ने वेलनेसले जानकारी दिएको छ। विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगालगायत अन्य थेरापीबाट मन र शरीरिक स्वास्थ्यवर्द्धक तालिम प्रदान गराइने मेराकीले जानकारी दिएको छ।
शिवपुरी डाँडा र बूढानीलकण्ठमा अवस्थित मेराकीले विभिन्न थेरापीले जीवनशैलीमा धेरै परिवर्तन ल्याउने मेराकीको भनाइ छ। वेलनेसमा नेपाल सरकार र विश्व स्वास्थ संगठनका सुरक्षा मापदण्ड अपनाएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।