फाइल तस्वीर
काठमाडौं- नेकपा एमालेको संसदीय दलको विधान पारित गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकमा कार्यदलले प्रस्तुत गरेको विधानलाई संशोधनसहित पारित गरिएको सचेतक विशाल भट्टराईले बताए।
एमाले संसदीय दलको विधानमा आवश्यक संशोधनको प्रस्ताव तयार गर्न चैत ५ बसेको संसदीय दलको बैठकले भट्टराईकै नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य थिए।
कार्यदलले प्रस्तुत गरेको विधानमाथि १० जना सांसदहरुले संशोधन मन्तव्य राखेको भट्टराईले जानकारी दिए। 'विधिवत् विधान पारित गरेका छौं', उनले भने।
आजै बस्ने केन्द्रीय कमिटी बैठकबाट विधान पारित हुने भट्टराईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।